आजदेखि बर्दियामा रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन
नेपालबहस संवाददाता
जेठ ११, २०७७ सोमबार ०:०:३२
११ जेठ राजापुर । बर्दियाका तीन नगरपालिकाको सहकार्यमा रेडियो स्कूल कक्षा कार्यक्रम आजदेखि सञ्चालनमा आएको छ । बर्दियामा रहेका रेडियोहरुको साझेदारीमा मधुवन, गुलरिया र बारबर्दिया नगरपालिकाले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि शिक्षण सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरेका हुन् ।
सो कार्यक्रम बर्दियाको गुलरियामा रहेको रेडियो बबई एफएम १०६ मेगाहर्ज, भुरीगाउँमा रहेको रेडियो टाइगर एफएम ९९.२ मेगाहर्ज र मधुवनमा रहेको रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्जबाट नियमित प्रसारणको व्यवस्था मिलाइएको छ ।
कोभिड १९ संक्रमण महामारी हुन सक्ने भन्दै जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द भएका छन् । यस्तो अवस्थामा विद्यार्थीले स्वास्थ्य सुरक्षाका साथ आफ्ना शिक्षण गतिविधिलाई निरन्तरता दिन पाउने हुनाले रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरिएको मधुवन नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।
कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा रहेका बालबालिकामा शैक्षिक तथा मानसिक रुपमा समस्या नआओस् भनेर बर्दियाका रेडियोहरुको साझेदारीमा नगरपालिकाहरुले कार्यक्रम सञ्चालनमा ल्याएको बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।
बर्दियामा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई लक्ष्य गर्दै सो कार्यक्रम ल्याइएको भन्दै नगर प्रमुख थारुले कक्षा १, २ र ३ का विद्यार्थीका लागि विशेष रमाइलो कक्षा पनि सञ्चालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
‘लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार