सुखदेवकाे हत्या आरोपित सात जनाविरुद्ध उजुरी
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १८:३४:४७
१२ जेठ, सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता, ४० वर्षीय उमेश महतो, ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवविरुद्ध आज उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो ।
बाटो मिचेर घर बनाएको विषयमा झडप हुँदा टाउको फुटेर गम्भीर घाइते भएका सुकदेवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार राति १२ः०० बजे मृत्यु भएको थियो । आवतजावतमा कठिनाइ हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सुखदेवको टाउकामा काठको चौखटले प्रहार गरेको पीडितका नाति अजयकुमार मण्डलले जानकारी दिए ।
सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै दुवै परिवारले एकअर्कालाई आरोप लगाउँदै विवाद गरेका थिए । निलमदेवी मेहताले नयाँ निर्माण गर्न लागेको घरले बाटो मिचेको भन्दै अवरोध गर्न गएका सुकदेवलाई मेहता परिवारले पहिले आफूले मिचेको घर हटाउन भनेपछि विवाद बढेको थियो । सुकदेवको परिवारका सदस्यले बाटो मिचेर घर बनाएको विषयमा वडा कार्यालय र प्रहरीसमक्ष एक साता अगाडि नै उजुरी गरेको बताइएको छ ।
डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले मौखिक जानकारी आएको बताउँदै दुवै पक्षबीच आपसमा सहमति नभएपछि आवश्यक कारवाही र शान्ति सुरक्षाका लागि उजुरी गर्न प्रहरीसमक्ष पठाएको बताए । प्रहरी बेस क्याम्प पत्थरगाढाले गाउँमै छलफल गरेर टुङ्गो लगाउन भनेको थियो ।
गाउँमा छलफलको वातावरण नबनेपछि मेहताले घर बनाउन थालेका थिए । विवादको विषय टुङ्गो लागेपछि मात्र घर बनाउनुपर्ने मण्डल परिवारको माग थियो भने आफ्ना मिस्त्री, मजदुरलाई काम गर्न नदिएर अनाहकमा खर्च बढिरहेकाले घर बनाउन पाउनुपर्ने मेहता परिवारको जोड थियो ।
मण्डलको मृत्युको खबर फैलिएपछि आरोपित फरार छन् । आरोपितको खोजीकार्य भइरहे पनि हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले शव परीक्षण हुन नसक्ने जनाएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको शवको आज परीक्षण हुने परिवारका सदस्यले जानकारी दिएका छन् । कुटपिटबाट दुवै पक्षका दुई-दुईजना सामान्य घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार