अबको प्राथमिकता– स्वास्थ्य, स्वास्थ्य र केवल स्वास्थ्य
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:४१:५०
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले अबको प्राथमिकता भनेको केवल स्वास्थ्यमात्र भएकोमा जोड दिएका छन् । आगामी बजेटले स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा धेरै भन्दा धेरै ध्यान दिनुपर्ने तर्क गर्दै नेता केसीले स्वास्थ्यमा गरिने लगानी खेर नजाने स्पष्ट गरेका छन् ।
नेपालबहस डटकमसँगको विशेष कुराकानीमा नेता केसीले भने– आजभन्दा ४२ वर्षअघि नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गर्ने बेला अहिले नै हो । सन् १९७८ मा अल्मा आटा सम्मेलनमा नेपालले समेत हस्ताक्षर गरेको स्मरण गर्दै उनले सबैका लागि स्वास्थ्य भन्ने नारालाई स्थापित गर्ने मौका अहिले बनेको उल्लेख गरे ।
उक्त सम्मेलनले हरेक राष्ट्रले आफ्नो वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रका लागि कम्तीमा १० प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने प्रावधान राखिएको थियो । तर नेपालले कहिल्यै त्यसलाई अबलम्बन गरेन – नेता केसी भन्छन्– म स्वास्थ्यमन्त्री हुँदा ६ प्रतिशत बजेट विनियोजन भएको थियो, अहिले त केवल ४ प्रतिशतको हाराहारीमा मात्र रहेको छ । बजेटको प्राथमिकताले स्वास्थ्य क्षेत्रलाई बनाइयो भने मात्र भोलिको चुनौतीको सामना गर्न सकिने पनि उनले बताए ।
त्यसैले अबको बजेट स्वास्थ्य केन्द्रित हुनुपर्छ– उनी भन्छन्– अहिले नै स्वास्थ्य सेवाको पूर्वाधार बनाउने बेला हो । स्वास्थ्य सेवा सुदृढ गरेर अगाडि बढ्न सकियो भने भोलिको चुनौती पार लगाउन सकिन्छ । कोभिड–१९ ले विश्व आक्रान्त रहेको बेला छ भन्दै उनले यही मौकामा नेपालले पनि पूर्वाधार थप्नुपर्छ ।
हाल केवल दुई सयको संख्यामा भेन्टिलेटर रहेको अवस्थाको चित्रण गर्दै उनले भने– कोरोनासँगको युद्ध जित्न हामीले भेन्टिलेटर पर्याप्त तयार गर्नुपर्ने हुनसक्छ, तर अहिले छैन । भर्खरै मात्र एक सुत्केरी महिलाले भेन्टिलेटरको अभावमा ज्यान गुमाउनुपरेको भन्दै उनले महामारी फैलियो भने नेपालले ठूलो चुनौतीको सामना गर्नुपर्ने पनि औंल्याए । नेपालमा हाल सात हजारको हाराहारीमा मात्रै सरकारी स्तरमा चिकित्सक रहेको भन्दै नेता केसीले त्यसमा बृद्धि गर्न सकिएन भने अबको चुनौती थेग्नै नसकिने धारणा राखेका छन् ।
जतिसक्यो धेरै स्वास्थ्य संस्था निर्माण गरी सेवा विस्तार गर्नका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्छ भन्दै उनले अहिले भएको तीनसय आइसीयू र सात हजार शैयाले धान्न नसकिने तथ्याङ्क प्रस्तुत गरे । अब हामी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर भएनौं भने डरलाग्दो अवस्था आउन सक्छ, त्यसैले यो क्षेत्रमा धेरै भन्दा धेरै लगानी गर्नुपर्ने उनको धारणा रहेको छ । साथै, प्रधानमन्त्री केपी ओलीको ओठे गम्भिरताले केही नहुने भन्दै रोग र भोकमुक्त नेपाल बनाउने भनेको बोलीले हैन व्यवहारले हुनुपर्ने पनि नेता केसीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले रोग र भोकमुक्त नेपाल हुनेछ भनेलगत्तै रोगबाटै दुई र स्वास्थ्य उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु भएको दृष्टान्त समेत नेता केसीले प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले हिजो गरेको संबोधनमा कोरोनाविरुद्धको उपचारात्मक पक्षको तयारी निराशाजनक रहेको टिप्पणी गर्दै नेता केसीले संक्रमित र मृतकको संख्या बढिरहेकोमा चिन्ता प्रकट गरे ।
साथै, पीसीआर परीक्षणमा तीब्रता दिन सुझाउँदै नेता केसीले क्वारेण्टाइनमा वैज्ञानिकता दिन र आरडीटीलाई निरुत्साहित गर्न आग्रह गरेका छन् । अब हामीसँग विकल्प छैन, केवल स्वास्थ्य क्षेत्रमा गरिने लगानी र सेवा विस्तारले मात्रै राहत पुग्ने हो – नेता केसीले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार