कोरोनासँग जुध्न एडीबीले दियो ३० अर्बको सहुलियतपूर्ण ऋण
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार १:३०:२०
१३ जेठ, काठमाडौं । कोरोना महामारीसँग जुध्न भन्दै एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई करिब ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले आज मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । सो सहायता रकम नेपालको सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड १९ का कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको क्षति न्यूनीकरणमा खर्च हुने एडीबीले जनाएको छ ।
एसियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा एडीबी नेपालको साथमा रहेको उल्लेख गर्दै यो सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने उल्लेख गरे । साथै, गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीब्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने उनले उल्लेख गरेका छन् । कोभिड १९ को महामारीले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको छ । यसले नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ ।
एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अप्रिलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो । ‘कोभिड १९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सीएआरईएस) कार्यक्रम अन्तर्गत नेपालले समेत २५ करोड डलर ऋण सहायता पाएको हो ।
यो कार्यक्रमबाट नेपाल सरकारले सात वटै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टाइन निर्माण गर्न र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले उल्लेख गरेको छ । गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम संचालनमा समेत सरकारले यो सहायता प्रयोग गर्न सक्ने भएको छ ।
एडीबीले यसअघि यूनिसेफका माध्यमबाट समेत नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । सरकारले यो रकम स्वास्थ्य उपकरण खरिदमा खर्च गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
जेठ १३, २०८१ आइतबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार