चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १३:३८:३६
१३ जेठ, काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । आइतबार प्रतिपक्षी सांसदको नारावाजीकाबीच प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताए ।
उहाले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए । त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए ।
चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै उनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिऐ । फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उहाले बताए ।
त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए । उनले मुलुकको आर्थिक अवस्था कर्मश सुधार हुँदै गएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन स्थानीयको माग
असार २, २०८१ आइतबार
५ वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक
जेठ २६, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कर्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
असार ३, २०८१ सोमबार
जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर
असार ३, २०८१ सोमबार