प्रहरी छाङरुबाट तिङ्कर उक्लियो
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:३३:१५
१५ जेठ, दार्चुला । गत जेठ १ गते व्यासको छाङरुमा पुगेको नेपाल प्रहरी बुधबार व्यासको तिङ्करस्थित छियालेक चौकीमा उक्लिएको छ । छाङरु पुगेको दुई सातापछि नेपाल प्रहरी छियालेक चौकी सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । छियालेक झण्डै पाँच हजार मिटर उचाइमा छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीसँगै गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सुरक्षाकर्मी र खाद्यान्नलगायत बन्दोबस्ती ओसारेको थियो । पहिलोपटक सशस्त्रको बिओपी छाङरुको गागामा राखिएको छ भने सीतापुलमा नेपाल प्रहरी छ ।
यस्तै तिङ्करको छियालेकमा बुधबारदेखि प्रहरीले चौकी स्थापना गरी काम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार