सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २३:१७:४५
१५ जेठ, काठमाडौं । सरकारले नदी पथान्तरण आयोजनालाई विशेषरुपमा अगाडि बढाइरहेका सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि रु दुई अर्ब ४६ करोड बराबरको बजेट विनियोजन गर्नुभएको छ । सो रकम सुरुङमार्ग निर्माणलगायतका काममा खर्च गरिने भएको छ ।
सो आयोजनाको चालू आवमा नै प्रारम्भिक काम शुरु भइसकेको छ । सो आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहटलगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।
स्रोत तथा सिँचाइ विभागले अघि बढाइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार भइसकेको छ । आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार सुरुङको डिटेल डिजाइन निर्माण कार्यसमेत सकिन लागेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन ‘इआइए’ प्रतिवेदन निर्माणको अन्तिम चरणमा छ । आयोजनाको सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिन ‘टिबिएम’ को डिजाइनसमेत निर्माण भइरहेको आचार्यले जानकारी दिए।
सुनकोशीको पानी मरिनमा सुरुङमार्फत लगेर जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कूल रु ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै रु ३० अर्ब लाग्ने बताइएको छ । आयोजनाबाट कूल २८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को कानढुङ्ग्री नजिक सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ । चालू आवमा समेत सो आयोजनाका लागि रु दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार