ध्यानले ल्याएको परिवर्तन
नेपालबहस संवाददाता
जेठ १७, २०७७ शनिबार २३:२८:६
१७ जेठ, काठमाडाैं । हामी सबै नेपालीले ध्यान शब्द सुन्नेबित्तिकै याद गर्ने भनेको भगवान् गौतम बुद्धलाई हो । मैले पनि उहाँको बारेमा सुनेकी छु तर कहिलेपनि ध्यान न त गरे न कसैले गर भनेर भन्नुभयो । बाल्यकाल बित्दै गयो । म माथि-माथि कक्षामा पुग्दै गएँ ।
कुरा म +२ मा हुदाखेरीको हो । मेरो मनमा एकदम विचार चल्थ्यो । म जे काम गरिरहेको छु त्यहाँभन्दा बाहेक मेरो ध्यान अरु सबैतिर हुन्थ्यो । कतिचोटि शिक्षक/शिक्षिकाले पढाउँदा झसंङ्ग भएको पनि याद छ मलाई । यस्तो हुँदै गर्दा मलाई पढ्दाखेरी एकदम गारो भयो । हातमा कापी किताब लियो कि विचार कताकता पुग्ने अनि बेस्सरी टाउको दुखेर आउने ।
एकदिन बाबाले कतै सुनेर वा देखेर भन्नुभयो कि ध्यान गर्यो भने टाउको दुख्दैन रे ! मसँग अरु केही उपाय थिएन । आँखा २\३ चोटि जचाइसकेकी थिएँ, औषधी खाँदाखाँदा दिक्क भैसकेकी थिएँ । त्यसकारण भोलिपल्ट बिहान म ध्यान गर्न भनेर अलि चाडै उठेँ र भगवान् गौतम बुद्धको आसनलाई याद गर्दै पलेटी मारेर, चोरी औंला र बुढी औंला जोडेर (ज्ञान मुद्रा भन्छ यसलाई भन्ने पछि थाहा पाएँ) आँखा बन्द गरेँ । तर, जब आँखा बन्द गरे तब खै के भयो कतिबेला आँखा खोलुमजस्तो गाह्रो भयो तैपनि टाउको दुखेको बिसेक हुन्छ । सोच्दै जबरर्जस्ती आँखा बन्द गरेँ तर अहँ सकिन । झन् टाउको दुख्यो । त्यसपछि मैले ध्यान गरिनं ।
१२ को परीक्षा दिएपछि म जीवन विज्ञान गएँ । मसँग कुनै उपाय थिएन त्यहाँ गएर के गर्ने भनेर । गुरुदेवहरुले योग, ध्यान, प्राणायामको साथसाथै आफ्नो शाेख र झुकाव/पथ (hobby, passion) चिन्ने र त्यो अनुरूप लक्ष्य बनाउने । त्यसको लागि हाम्रो कार्ययोजना के हुन्छ, त्यो गर्न लगाउनुभएको थियो । म त्यो वातावरणमा एकदम रमाइरहेकी थिएँ । सङ्गसङ्गै ३ दिनमै आँखा चिम्लेर सिधा बस्न सक्ने भैसकेकी थिएँ । ऐश्वर्य विज्ञानको अन्तिम दिन मैले जसोतसो आँट गरेर रमेश गुरुदेवलाई मेरो अर्को घाँटी दुख्ने समस्याको बारेमा भनेकी थिएँ र गुरुदेवले मलाई चक्रविज्ञानमा सहभागी हुन सुझाव दिनुभयो । लगत्तै मैले लिए पनि । मेरो घाँटी पनि मैले धेरै चोटि हस्पिटल गएर जचाइसकेकी थिएँ मेडिकल त कतिकति तर निको हुने नाम निशान थिएन । उच्चमात्रा (High dose) को एन्टिबायाेटिकले म वाक्कदिक्क भैसकेकी थिए ।
चक्रविज्ञानमा शरीरको ७ वटा चक्रलाई मैले महशुस गर्दै गएँ । विशुद्दि चक्र (घाँटीको चक्र) को दिन गुरुदेवले जुन आसन, प्राणायाम सिकाउनुभएको थियो । मैले त्यो नोट गरेँ र त्यसलाई विशेष महत्व दिँदै गर्दै गएँ । अहिले मैले चक्रविज्ञान लिएको डेढ वर्ष बढी हुँदासम्म मलाई घाँटी दुखेको छैन । मैले मेडिकल/हस्पिटल धाउनुपरेको छैन र औषधिलाई हात पनि लगाउनुपरेको छैन । अब कुरा आयो अधिक विचार चल्नेको । मैले ऐश्वर्य विज्ञान, चक्रविज्ञान, बोधविज्ञान र लयविज्ञान यति कार्यक्रम गरिसक्दा मेरो विचार शुन्यमा पुगेको छ । टाउको दुख्ने समस्या हटेर गएको छ र गरिरहेको काममा ध्यान दिन या भनुम एकाग्र (concentrate) हुन सक्षम भएकी छु ।
हामी विद्यार्थीको लागि ध्यान त महाआशिर्वाद बन्न पुग्छ । त्यसकारण म सबै अभिभावकलाई बिन्ती गर्न चाहन्छु कि आफ्नो बालबालिकालाई अतिरिक्त कक्षा (extra class, tution) भन्दा ध्यानतिर सामेल गराउनुस् । एकाग्रता बढ्यो भने जाँचमा नम्बर अवश्य बढ्नेछ र ध्यानको फाइदा अनुरुप पनि हुने भएको कारण जीवन नै बदलिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिन संसद सचिवालयमा पत्र
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार