आज लकडाउनको ७६ औं दिन, उपत्यकामा गाडीको चाप बढ्यो
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार १९:४३:१२
२५ जेठ, काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको लकडाउनको आज ७६ औं दिन पुगेको छ । लकडाउन जारी रहेपनि पछिल्लो समय उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप दिनप्रति दिन बढ्दै गइरहेको छ ।
हिजो दिनभर जसाे माैसम बदली भएर पानी परेकाले उपत्यकाभित्र गाडीको चाप केही कम थियाे । तर आज बिहानैबाट काठमाडाैं उपत्यकामा गाडीको चाप बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले बानेश्वर, माइतीघर, थापाथली लगायतका विभिन्न ठाउँमा सवारी जाँचलाई कडा पारेको छ । आज उपत्यकाका मुख्य सडकहरुमा सरकारले गरेको लडकडाउनको निर्णय फेरबदल नभएको तर अरु दिनको तुलनामा चहलपहल केहि बढेको सहजै देख्न सकिन्छ ।
तेसाे त गाडी चलाउन पास प्राप्त भएकाहरु थपिदै गएको, उद्योग तथा कलकारखाना खुल्न थालेको, बैंकहरु पनि खुलेका, अत्यावश्यक सरकारी कार्यालयमा सेवा नरोकिएको, बाहिरी जिल्लाबाट समेत काठमाडाैं भित्रने क्रम बढेको र विकास निर्माण तथा कृषि सामग्रीका गाडीलाई नरोकिएको हुँदा चहलपहल बढेको हाे ।
लकडाउनले जनजीवन र आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका कारण मानिसहरु लकडाउनको पर्वाह नगरी काममा निस्कन थालेका हुन् । सडकमा साना र निजी गाडीहरु अरु दिनको तुलनामा आज धेरै चलेका छन् । तर लकडाउन नखुलेकाले अत्यावश्यक कामबाहेक र बिना पास चलेका ११ सय ५ वटा गाडीलाई होल्ड गरिएको छ । ट्राफिक प्रहरी बुलेटिनका अनुसार बिहान ५ बजेदेखि ११ बजेसम्मको अवधिमा ती गाडी होल्ड भएका हुन् । थापाथली लगायतका ठाउँमा गाडी चलाउने क्रम बढेपछि जाँच गर्नुपर्दा केहीबेर ट्राफिक जाम समेत हुने गरेको छ ।
काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार