स्वास्थ्यमन्त्री २ अर्ब खर्च भयो भन्छन, १० अर्ब कहाँ खर्च भयो ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २६, २०७७ मंगलबार १:४५:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/bhanu-dhakal_ia6yuQLnZ5.jpg)
२६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस महामारी रोकथामका लागि अहिलेसम्म २ अर्ब खर्च भएको बताएका छन् ।
सांसदहरुले सरकारले कोरोना रोकथाम तथा उपचारका लागि खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब खोजेपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले हालसम्म २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताएका हुन्।
उक्त रकममध्ये ६ अर्ब ३ करोडमात्रै केन्द्रीय सरकारले खर्च गरेको उनले बताए। सो रकमबाट स्वास्थ्य मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’का तर्फबाट खर्च भएको विवरण मन्त्री ढकालले सुनाएका थिए।
जसमध्ये २ अर्ब ९२ करोड ५५ लाख रुपैयाको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामाग्रीहरु खरिद गर्नमा खर्च गरेको ढकालले बताए। यस्तै प्रदेश सरकारबाट १ अर्ब ८ करोड र हालसम्म ६४१ पालिकाबाट २ अर्ब ७६ करोड खर्च भएको विवरण प्राप्त भएको उनले बताए।
उक्त रकम क्वारेन्टाइन बनाउँनदेखि आन्तरिक व्यवस्थापनमा पनि खर्च भएको मन्त्री ढकालको दाबी थियो। राज्यको निकायबाट खर्च भएकाले सम्पूर्ण खर्च पारदर्शी रहेको र जतिबेला पनि हेर्न मिल्ने स्वास्थ्यमन्त्रीले जनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार