चिनीको दोहोरो गुणस्तरबारे अख्तियारले अनुसन्धान गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार २३:३४:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/chini-chini_5G98wrwkAo.jpg)
२८ वैशाख, काठमाडौं । अख्तियारले आयोगले चिनीको दोहोरो गुणस्तरबारे अनुसन्धान गर्ने भएको छ । सुरु गरेको छ । चिनी विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान सुरु गरेको हो ।
राजश्व अनुसन्धान विभाग पथलैयाको नियन्त्रणमा रहेको चिनीको नमूना अख्तियारले लगेको छ । गत फागुन २५ गते भारतबाट आयात गरिएको चिनी जलेश्वर खाद्य क्वारसेन्टनको परीक्षणले खान अयोग्य भएको भन्दै आयात गर्न नमिल्ने प्रमाणित गरेको थियो ।
तर भन्सारबाट चिनीको आयात खोलिएको थियो । त्यस लगत्तै राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएको चिनीको तीन महिनापछि गुणस्तर फेरिएको थियो । वैशाख १५, जेठ ९ र १५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्राप्त चिनीको नमूना परीक्षणमा चिनी नेपाल सरकारको मापदण्ड अनुसारनै भएको पाइएको थियो ।
यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने गुणस्तर परीक्षणमा विभागको केन्द्रीय ल्याब ‘खाद्य तथा दान रिफ्रेन्स प्रयोगशाला’ मा कुनै गडबडी नरहेको दावी गरेको छ ।
मंगलबार ध्यानाकर्षण पत्र जारी गर्दै विभागले आफ्नो ल्याव अन्तराष्ट्रिय मान्यता प्राप्त भएको र नमूना परिक्षण राजश्व अनुसन्धान विभागको आग्रहमा गुणस्तर मापन गरिएको प्रष्टोक्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द
असार ३, २०८१ सोमबार
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार
सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता
असार ३, २०८१ सोमबार
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग भेटियो नेपाली नागरिकता
असार ३, २०८१ सोमबार