आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर बिजोर लागू हुने
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार १५:२९:२०
१ असार, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार आजदेखि मोटरसाइकल र स्कुटरलाई पनि जोर बिजोर लागू हुने जनाएको छ ।
महाशाखाका अनुसार दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरिएको छ । गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो ।
तर आजदेखि दुई पाङ्ग्रेमा पनि जोर बिजोर लागू भएको हो । चार पाङग्रे निजी गाडी जस्तै अब मोटरसाइकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।
यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् ।
यसैबिच, लकडाउन खुकुलो भएसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको चाप बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सडक ओहोरदोहोर गर्नेलाई ट्राफिक प्रहरीले सचेतनामूलक प्ले कार्ड देखाउन थालेका छन् ।
प्ले कार्डमा कोरोनाको जोखिम बढेकाले भौतिक दूरी पालना गरेर यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न आग्रहसहितको प्ले कार्ड काठमाण्डौका चोक चोकमा रहेका ट्राफिक प्रहरीले देखाउन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार