मदिराले लठ्याएर बलात्कार गर्ने आरोपित पक्राउ
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार १६:३७:१२
१ असार, सप्तरी । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पक्राउ परेका आरोपित विद्यालयका कार्यालय सहयोगीसमेत हुन् ।
आरोपित मण्डल र विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५-४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई आरोपितले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए । रात परेपछि नास्ता खान जोर जबर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार