दाङमा नेपाली सेनाका एक जवानमा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १४:१०:५८
३ असार, दाङ । दाङमा नेपाली सेनाका एक जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा घोराही भरतपुरस्थित रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण देखिएको हो ।
उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ । कोरोनाका कारण मृत्यु भएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।
रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी ५९ वर्षीय पुरुषको हाल संक्रमण पुष्टि भएका जवानसहितको नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार