डा. दिव्यालाई आईओएमको डीन बनाइँदै
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १९:५५:१३
३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह थोरै भाग्यमानी डाक्टरहरु मध्ये एक हुन् । अहिले नै राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त डा. शाहलाई ओलीले थप जिम्मेवारी दिने तयारी गरेका छन् ।
अब उनलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) को डीनमा नियुक्ति गर्ने अन्तिम तयारी सरकारले गरेको छ । यस प्रयोजनका लागि डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले डा. दिव्याको नाम सिफारिश गरिसकेको छ । उनीसँग कमिटीले डा. प्रदीप वैद्य र डा. उत्तम श्रेष्ठको नाम समेत सरकार समक्ष सिफारिश गरेको छ ।
यो त केवल औपचारिकताका लागि मात्र हो भन्दै एकजना चिकित्सकले भने– अब बस्ने मन्त्रिपरिषद बैठकले डा. दिव्यालाई नै नियुक्त गर्ने छ । हुन पनि प्रधानमन्त्री ओलीको प्रियपात्र भएकै नाताले डा. दिव्याले उक्त पद पाउने भएकी हुन् । उनी भन्दा धेरै सिनियर डाक्टरहरु हुनुहुन्छ, तर नियुक्ति भने डा. दिव्याकै हुने हो– ती चिकित्सकले भने ।
गत जेठ पहिलो साता डिन जगदीशप्रसाद अग्रवाल सेवा निवृत्त भएपछि रिक्त उक्त पदका लागि डा. दिव्याले लबिङ गर्दै आएकी थिएन् । ओलीको प्रिय पात्र भएकै नाताले पाउने पदको गरिमा राख्न भने डा.दिव्यालाई सजिलो नभएको पनि ती चिकित्सकले दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार