सुनको मुन्द्री लुटपाट तथा लुटेको मुन्द्री किन्ने पक्राउ
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १९:२५:२३
४ असार, बैतडी । सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका-७ सुवाकोट बस्ने २७ वर्षीय बिर्खु भन्ने बिर्ख लुहार र सिगास गाउँपालिका-७ बस्ने प्रकाश सिहं बोहरा रहेका छन् । पक्राउमध्ये लुहार मुन्द्री लुटपाट गर्ने तथा बोहरा लुहारले लुटेको मुन्द्री किनेको खुल्न आएको छ ।
सिगास गाउँपालिका-७ अगुराली बस्ने ४४ वर्षीया महिला गत आइतबार घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा उनले कानमा लगाएको १ तोला बराबरको सुनको मुन्द्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा लुटपाटमा संलग्न लुहारलाई सिगास गाउँपालिका-७ पुनर डुङरी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा लुहारले उक्त मुन्द्री बोहरालाई बेचेको खुल्न आएपश्चात बोहरालाई समेत सिगास गाउँपालिका-८ लेकबाट प्रहरीले पक्राउ गरेको हो । साथै बोहराको घरभित्र लुकाई राखेको अवस्थामा सुन जस्तो देखिने पहेंलो रङको २ थान मुन्द्री समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार