काभ्रेपलाञ्चोकमा हिंसामुक्त क्वारेन्टाइन बनाइँदै
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १८:९:४
५ असार काभ्रेपलाञ्चोक । विभिन्न जिल्लाका क्वारेन्टाइनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोक र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले संयुक्तरुपमा क्वारेन्टाइनलाई हिंसामुक्त बनाउने तयारी थालेका छन् ।
केन्द्र र पोष्ट काभ्रेपलाञ्चोकमा रहेका क्वारेन्टाइनमा थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन आवश्यक तयारी थालिएको हो । जिल्लाका क्वारेन्टाइनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “विशेषत महिलामाथि हुने हिंसा हुन नदिन सोहीअनुसार क्वारेन्टाइन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।”
तिमल्सिनाका अनुसार सबै क्वारेन्टाइनमा व्यक्तिगत सुरक्षाका साथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । “क्वारेन्टाइन सुरक्षाको अनुगमन भइरहेको छ भने कडा सुरक्षा रणनीतिबारे योजना बनाउँदैछौँ”, उनले भने । उनले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामग्री उपलब्धतामा समेत प्राथमिकता दिइएको बताए । केन्द्रका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा २९ महिलासहित ८६ जना बसेका छन् ।
यसैबीच, दुई साता अघि काभ्रेपलाञ्चोकका पाँचमा कोरोना सङ्क्रमण देखिएपछि पोष्टले क्वारेन्टाइनको स्वास्थ्य सुरक्षाबारे नियमित अनुगमन गरिरहेको छ । “नियमित अनुगमन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएपछि थप संक्रमण फैलिएको छैन”, पोष्ट सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टाइनलाई १०० कक्ष क्षमताको बनाउने तयारी गरिएको हो ।
साथै, तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलस्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको छ । यस क्वारेन्टाइनमा हाल स्वाब सङ्कलन बुथसमेत राखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०३ बेडको क्वारेन्टाइन व्यवस्थित गरिएको छ । आठ बेडको धुलिखेलमा १५ र पाँच बेडको शिरमेमोरियलमा १० बेड आइसोलेन कक्ष बनाउने तथा मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलस्थित विद्यालयमा दश÷दश बेड आइसोलेशन बेड व्यवस्थित बनाउन लागिएको पोष्टले जनाएको छ ।
हाल तेस्रो मुलकबाट काभ्रेली फर्किरहेका छन् । विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एक हजार १२५ भारतमा बस्दै आएका हुन् । विदेशबाट आउने पोलिमरेज चेन्ज रियाक्सन पीसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा बसाई तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको संमण देखिए तत्काल परीक्षण गरिनेछ भने संक्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’मा बसाइने झाले बताए । उनका अनुसार विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टाइन राख्ने तयारीसमेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
जेठ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले १ बजे बोलाए मन्त्रिपरिषदको नियमित बैठक
जेठ ३, २०८१ बिहिबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार