गुल्मीमा पहिरोले जीप पुर्दा एक मृत्यु, पाँच जना घाइते
नेपालबहस संवाददाता
असार ६, २०७७ आइतबार १:१२:१४
६ असार, बुटवल । गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ । सो घटनामा पाँच घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिए।
साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओढारमा पुरिएको हो । जीपमा सवार पाँचमध्ये दुई जनाको अवस्था गम्भीर भएका कारणले थप उपचारका लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ । गाडीचालकसमेत रहेका स्थानीयवासी २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारका लागि सन्धिखर्क पठाइएको हो । बाँकी तीनको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ ।
स्थानीयवासी ३९ वर्षीय केशव काउछा, २१ वर्षीय खिम काउछा र १८ वर्षीय विशाल काउछाको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ । जीप पुरिएपछि सामान्यावस्थाका एक घाइते पैदल गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाइ भएको थियो । अहिले घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार