एनआईसी एशिया बैंकद्वारा क्यान्सर रोगीलाई ३० लाख बीमा दावी भुक्तानी
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २२:३७:३०
१० असार, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकका दुईजना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दीपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्ने काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।
उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् । यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिने र सो सुविधाले ग्राहकहरूलाई हुने फाइदा साच्चिकै चमत्कारिक रहेको पाण्डेको भनाई छ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बनेको उनको दावी छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचतमा नै बीमा सुविधा ल्याएको थियो । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ । ग्राहकले यस खातामा प्राप्त रू.२१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रू.१४ हजार बराबर बीमा शुल्क वापत थप बुझाउनु पर्ने हुन्छ । जसकारण ग्राहकवर्गलाई करिब रू.१४ हजार प्रत्यक्ष फाइदा पुग्छ । त्यस्तै कर्जा सम्बन्धीे चमत्कारिक सुविधाबाट रू.१ लाख १३ हजारसम्मको फाइदा लिन सक्छन् भने नेपालभरका एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट-क्रेडिट कार्ड, निःशुल्क मोबाइल-इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क आईभीआर सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मुल्य गणना गर्दा खातावालाले करिब रू.८७ हजार बराबरको फाइदा लिन सकिने बैंकले जनाएको छ ।
बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापतको रू.१ करोड ३३ लाख भन्दा बढी रकम भुक्तान गरिसकेको जनाएको छ । यसकारण बचत खाता केबल सामान्य बचत मात्र गर्ने भन्ने मानसिकतालाई चिर्दै बैंकले ल्याएको योजनाबाट केबल बचत मात्रै नभइ भविष्यमा आइपर्ने भवितव्यलाई समेत सामना गर्न आर्थिक सहयोग पुग्ने विश्वास सर्वसाधारणमा पलाएको छ । लाभग्राहीहरूले पाएको सुविधाको प्रत्याभुतिले उनीहरूको बैंकसँगको मित्रता अझ प्रगाढ भएको बैंकले विश्वास लिएको छ ।
यस्ता योजनाहरूबाट नेपालमा बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधरणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको पाण्डेको दावी छ । साथै, बचत खातासँग आबद्ध भएको बीमा सुविधा उपभोग गर्न ‘पाइदैन की’ भन्ने आशंका भएका ग्राहकहरूको लागि एनआईसी एशिया बैंकका विभिन्न खाताअन्तर्गत बीमा सुविधा लिने यी १६० जना भन्दा बढी जना ग्राहकहरूको अनुभव उदाहरणीय बनेको नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार