लेखाअधिकृत रक्सीले मस्त, नगरपालिकाको गाडीले ठक्करदिदा आमाछोराको मृत्यु
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १७:४८:११
◊ धीरुभाइ
११ असार सप्तरी । सप्तरीको कल्याणपुरमा गएराती नगरपालिकाको गाडीले ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकाको स १ झ ४८७ नम्बरको गाडीले राति करिब ९ बजे ठक्करदिदा खड्ग नगरपालिका ७ कल्याणपुरमा मोटरसाइनकलमा सवार ६५ बर्षिया सुदनी देवी दास र निजका छोरा विरेन्द्र दासको घटनास्थलमै मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी तिलक भारतीले आमाछोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएको बताए । ठक्कर दिएर करिब ५० किलोमिटर भागेको गाडीलाई प्रहरीले भारदहबाट नियन्त्रणमा लिएको छ ।
गाडी चालक कमलेश मुखिया र गाडी प्रहरी नियन्त्रणमा रहेको डिएसपी भारतीले बताए । नगरपालिका स्रोतका अनुसार नगरपालिका लेखाअधिकृत राजेशराज कर्ण राती लहानबाट रक्सी खाएर फर्किने क्रममा कल्याणपुरमा दुर्घटना भएको हो । दुर्घटना गरेर राजविराजमा लेखाअधिकृत कर्णलाई छोडेर चालकले भारदहहुदैँ कञ्चनपुर भागेर आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
भारदहमा प्रहरीले गाडी पक्राउ गर्दा समेत चालक मुखियाले सुरुमा यसभन्दा अघि नै नगरपालिकाको गाडी दुर्घटना भएको भन्दै पन्छिन खोजेका थिए । तर प्रहरीले तत्काल नगरपालिकासँग समेत बुझदा यसअघि गाडी दुर्घटना नभएको बताएपछि चालक मखियाको मेडिकल गराएपछि उनले प्रहरी समक्ष घटना आपूmले नै गरेको स्वीकार गरेको थियो ।
डिएसपी भारतीका अनुसार चालक मुखियाको मेडिकल राती नै गरेको भएपनि मादक पदार्थ सेवन गरे नगरेको रिर्पोट आउन बाँकी रहेको बताए । कञ्चनरुप नगरपालिकाले मंगलबार रुपनगरमा चौथो नगरसभा आयोजना गरेको थियो । नगरसभा स्थलमा समेत भव्य भोज आयोजना गरिएको भएपनि लेखाअधिकृत सहितका केही कर्मचारी रक्सी खान नगरपालिकाकै गाडीबाट लहान पुगेको बताइएको छ ।
यता कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले लेखाअधिकृतले गाडी लगेको कुरा आफूलाई जानकारी नभएको बताए । उनले भने,‘ दुर्घटना भइसकेपछि गाडी बाहिर गएको मलाई जानकारी भयो ।’कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले गाडी नचढ्ने नेपालमै ‘नमूना’ मेयर भएको दावी गर्दै आएको छ । तर नगरपालिकामा एक महिनामै ३ लाख ७६ हजारसम्मको इन्धन खर्च भएको र यस अघि पनि बागडोरासम्म नगरपालिकाकै गाडीले जनप्रतिनिधिलाई ओसार्ने गरेकोमा आलोचना हुदैँ आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार