आक्रामक स्वभावका इन्सपेक्टर लागुऔषध ब्युरोको ‘अनुसन्धान’ घेरामा
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ०:४:३६
११ असार, काठमाडौँ । फूर्तिलो जीउ ज्यान भएका प्रहरी इन्सपेक्टर रुद्र शाही देश सेवाका क्रममा ६ महिनाअघि ललितपुर प्रहरी परिसर प्रवेश गरे । ज्यानमा तातो रगत भएका इन्सपेक्टरले देश र जनताको सेवा गर्ने कसम खाएका थिए ।
देश र जनताको सेवा गर्ने कसम खाएपनि उनको शरीरमा ‘एग्रेसन’ हावी भयो । जुन उनका लागि त सामान्य थियो । तर प्रहरी सेवाका लागि असामान्य बन्दै गयो । सेवाका क्रममा इन्सपेक्टर शाही महानगरीय प्रहरी प्रभाग सातदोबाटो पुगे । अरुभन्दा केही फरक रवाफ देखाउन बानी परेका शाहीको आक्रामक स्वभावले अरुलाई पनि असहज पार्दै थियो । सोही कारण उनका बानी व्यहोरा प्रहरी कार्यालयमा नोटिस हुदै गए ।
नोटिस भएका उनका व्यहोरा घट्नुको साटो झन् बढ्दै गएपछि सातदोबाटो प्रभागबाट महानगरीय प्रहरी परिसर जावालाखेल झिकाइएको पाइएको छ । १४ दिनअघि मात्रै प्रभागबाट परिसर बोलाइएका शाही बुधबार लागुऔषध नियन्त्रण ब्युरोको ‘आइसोलेसन’मा पुगेका छन ।
‘पहिल्यैदेखि उनी केही एग्रेसिभ थिए । एक दुई पटक नसम्झाइएको होइन । तर नमानेपछि परिसर तानियो । परिसर तानेको एक महिना नपुग्दै लागूऔषध ब्युरोले सोधपुछका लागि बोलाएको हो’ एक प्रहरी अधिकृतले नेपालबहससँग भने ‘एउटा प्रहरी अर्को कार्यालयमा जानु नौलो होइन । तर उहाँको एग्रेसनले ब्युरोको आइसोलेसन अर्थात अनुसन्धानमै पु¥यायो ।’
ब्युरोले उनलाई लागूऔषध कारोबारमा सलंग्न रहेको आरोपमा अनुसन्धान अगाडी बढाएको छ । बुधबार र बिहीबार थप अनुसन्धान गरेपछि शुक्रबार उनको सलंग्नता रहे नरहेको पुष्टि हुने ब्युरोका एसपी प्रवीण धितालले बताए ।
‘हामी अनुसन्धानमै छौ । उहाँको सलंग्नता पनि देखिन्छ । तर एकिन छैन । बाँकी सोधपुछ गरिरहेका छौँ । एकदुई दिनमा सबै कुरा थाहा हुन्छ । अहिले यो भन्दा धेरै नबोलौ’ उनले भने । धितालका अनुसार लागूऔषध कारोबारमा उनको गतिविधि र सलंग्नता शंकास्पद छ । एकहप्तादेखि काठमाडौँको कोटेश्वर, पेप्सीकोला र जडीबुटी आसपासमा चलाइएको अप्रेसनले लागुऔषध कारोबारीको ‘नेक्सस’ उनीसम्म पुगेको देखिन्छ । तर पुष्टि हुन बाँकी छ ।
शाहीलाई ब्युरोले बोलाएको कुरा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई पनि स्वीकार गर्छन । ब्युरोले सोधपुछका लागि बोलाएको र आरोपको बारेमा अनुसन्धान हुनु नौलो नभएको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार