ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ०:३०:५८
११ असार, गौशाला । महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ । गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।
‘अध्यक्ष कन्यादान कार्यक्रम’
महोत्तरीको पिपरा गाँउपालिकाले दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए ।
कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेलाई गाउँपालिकबाटै सामूहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने नीति ल्याएको उनले बताए ।
गाउँपालिकाले प्रत्येक वडामा समान रुपले रु एक करोड ४० लाखका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार विदेशबाट फर्केर आउने युवालाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खेती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लगाउन कृषि आधुनिकीकरण योजना ल्याएको छ ।
बुधबार सम्पन्न छैटौँ गाउँसभाले रु ४७ करोड २१ लाख ५८ हजार ६०० को बजेट प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
कुसुम भट्टराई
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
सत्तापक्ष गम्भिर भएन, संसद अवरोध हुन्छः कांग्रेस
जेठ ३, २०८१ बिहिबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार