भ्रष्टाचार आरोपमा असईसहित पाँच जनाविरुद्ध आरोपत्र दायर
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ४:३०:५१
११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुण्डी कारोवारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रहरी सहायक निरीक्षक तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राजकुमार गरुङसँग मिलेर हुण्डी कारोबारीले ल्याएको रु २० लाखबाट रु सात लाख घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले प्रसनी तामाङ, प्रहरी हवल्दार चौधरी, जवान राय र गुरुङविरुद्ध रु सात लाख बिगो माग दाबी गरेको छ । बयानका क्रममा प्रसनी तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार ठहर गर्दै कावासोती नगरपालिका–५ बस्ने सोनाम तामाङविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार