प्रहरी इन्स्पेक्टर नै लागुऔषध कारोबारी, ९ दिन थुनामा राख्न अनुमति
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १६:६:३३
१२ असार, काठमाडौं । नेपाल प्रहरीका एक अधिकृत नै लागुऔषध कारोबारी रहेको खुलेको छ । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका प्रहरी निरीक्षक रुद्र शाहीलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न इन्स्पेक्टर शाहीलाई ९ दिनकाे अनुमति दिएको हो ।
ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि संलग्नता भेटिएपछि बिहीबार उनलाई पनि पक्राउ गरी हिरासतमा राखिएको थियो ।
अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ । प्रहरीका अनुसार शाही लागूऔषध दुर्व्यसनी भएको खुलेको छ ।ब्युरोले बुधबार पेप्सीकोलाबाट ६ सय बोतल लागुऔषध कोरेक्सस बरामद गरेको थियो । उनीहरुको साथबाट ६६७ थान डाइलेक्स बोतल, १ हजार १ सय ८६ ट्याब्लेट, स्मो प्रोक्सिभोन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ नगद पनि बरामद गरेको हाे ।
याे पनि :
‘ड्रग्स’ कारोबारमा सलंग्न प्रहरी इन्सपेक्टर पक्राउ
आक्रामक स्वभावका इन्सपेक्टर लागुऔषध ब्युरोको ‘अनुसन्धान’ घेरामा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार