सशस्त्रका इन्सपेक्टरले ३ लाख लुकाएपछि….
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १७:२९:४६
१२ असार, बीरगञ्ज । सशस्त्र प्रहरी बलले ९ लाख रुपैयाँ बरामद गरेपनि ६ लाख मात्र देखाएर ३ लाख लुकाएको घट्नाले यतिबेला बीरगञ्ज तातेको छ । सशस्त्र प्रहरीको भिस्वास्थित बीओपीले गत आइतवार ६ लाख रूपैयाँ नेपालीसहित एकजनालाई नियन्त्रणमा लिएको कुरा सार्वजनिक ग¥यो । तर हुण्डी तस्कर मोहन ठाकुरले ९ लाख रूपैयाँ भएपनि सशस्त्र प्रहरीले बरामदका क्रममा ३ लाख रूपैयाँ लुकाएर ६ लाख रूपैयाँमात्रै देखाएको सार्वजनिक गरेपछि सशस्त्र प्रहरीमा हल्लीखल्ली मच्चिएको छ र छानविन हुनु पर्ने माग उठेको छ ।
स्मरणरहोस्, मोहन ठाकुर लामो समयदेखि हुण्डी कारोवारीका रूपमा वीरगञ्ज त्यसमा पनि विशेष गरेर भिस्वा क्षेत्रमा चर्चित व्यक्तिका रूपमा चिनिन्छन् । यसअघि पनि सोही बीओपीले २२ लाख नेपाली रकमसहित एक जनालाई पक्राउ गर्न सफल भएको थियो । भारत बिहारको सिक्टाबाट नेपाल प्रवेश गरी भित्रँदै गरेका व्यक्ति सीमामा सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले ल्याएको झोला छोडी भागेको र उक्त झोला खानतलासी गर्ने क्रममा ६ लाख नेपाली रूपैयाँ बरामद भएको सो बीओपीका निरीक्षक हरि पराजुलीले जानकारी गराएका थिए ।
ती व्यक्ति को हुन् भन्ने कुरा प्रहरीलाई थाहा नभए पनि उक्त रकम हुण्डीको हो भन्ने कुरा चाहिँ पुष्टि भएको छ । लकडाउनका समयमा नेपाल भारत सीमा क्षेत्र सिल गरिएको अवस्थामा पनि हुण्डीको कारोवार ठूलो मात्रामा भइरहेको कुरा भिस्वास्थित सशस्त्रको बीओपीले एकपटक ६ लाख र त्यसअघि २२ लाख रूपैयाँ बरामद गरेको घटनाले पनि पुष्टि हुन्छ । उक्त रकम भिस्वाकै हुण्डी कारोवारी ठाकुरको भएको आशंका गरिएको छ ।
भिस्वा घर भएका ठाकुर लामो समयदेखि हुण्डी कारोवारमा संलग्न व्यक्ति हुन् । उनले मियाँ थरका दुईजना व्यक्तिलाई साझेदारका रूपमा राखेर लामो समयदेखि भिस्वा क्षेत्रबाट हुण्डीको कारोवार संगठित रूपमा गर्दै आएका थिए ।लकडाउनका समयमा पनि उनको यो कारोवार राम्रोसँग चलिरहेको अवस्थामा हुण्डीको रकम बोक्नेहरूले सावधानी नअपनाउँदा २ पटकसम्म हुण्डीको रकम पक्राउ परेको बताइन्छ । २ पटक गरी ३१ लाख रूपैयाँ हुण्डी कारोवारी ठाकुरलाई घाटा लागिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार