ट्राफिक प्रहरीको सक्रियता बढ्यो, जोर बिजोरमा अटेरी गर्ने कारवाहिमा
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार ०:५७:५८
१२ असार, स्याङ्जा । तपाई स्याङ्जाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल वा साना सवारी साधनमा यात्रा गर्नुभएको छ भने पहिला आफ्नो नम्वर प्लेट हेरेर मात्रै हिड्नुहोला । तपाईले चलाउने सवारी साधनको नम्वर प्लेट जोर दिन वा विजोरमा पर्छ हेरौ । नत्र सरकारले संचालनमा ल्याएको जोर विजोर प्रणाली अनुसार कारवाहिमा परिएला ।
जोर दिनमा जोर नम्वरको सवारी चलाउने र विजोर दिनमा विजोर नम्वर प्लेटको सवारी चलाउन पाईने सरकारले निर्देशन दिएको छ । कि प्रशासनको अनुमति लिनु होला, कि जोर र विजोर दिन छुट्टाएर हिड्नु होला । कोरोना संक्रमण बढ्दै जाने र नागरिकले पनि सहज रुपले काम गर्न सरकारले लकडाउनलाई केही खुकुलो पारेको छ । लकडाउन पुर्णरुपले खुला नहुन्जेल अत्याआवश्यक बाहेक घरबाट बाहिर नसिक्न र सवारी प्रयोग नगर्न सरकारले नागरिकलाई आग्रह गरेको छ ।
यसै मुताविक ट्राफिक प्रहरीले पनि सडकमा सवारीको चाप बढ्न थालेपछि जोर विजोर प्रणालीलाई व्यवस्थित गर्न तदारुकता देखाउन थालेको छ । राजमार्ग होस वा ग्रामिण क्षेत्रमा चल्ने नीजि सवारी साधनलाई कम गर्न सरकारले जोर विजोर प्रणालीलाई लागु गर्न निर्देशन दिए अनुसार ले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिमलराज कणेलले बताए ।
पहिलो चरणमा जोर विजोरको बिषयमा सवारी धनीलाई सम्झाउने काम गरेका छौं प्रहरी प्रमुख कणेलले भने,“दोस्रो चरणमा सम्झाउदा पनि अटेरी गर्नेलाई जरिवाना सहित कारवाहि थालेका छौं ।” नागरिकमा लकडाउन पुर्णरुपले खुलेको आभास भएको छ त्यसलाई बुझाउन पनि यो अभियानलाई तिब्रता दिएका हौ उनले भने ।
जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ, गल्याङ र भीरकोट नगरपालिका लगायत ग्रामिण क्षेत्रमा पनि ट्राफिकले सवारी चापलाई रोक्न चेकजाचलाई सक्रियता दिएको छ । जोर विजोर प्रणालीमा ट्राफिकको सक्रियता सगै सडकमा केही हदसम्म सवारी चाप कम भएको ट्राफिक प्रहरी कार्यालय वालिङका प्रमुख लोकराज भण्डारीले बताए ।
बढ्दो सवारी चापले समुदायमा कोरोना संक्रमण फैलिन सक्छ भन्ने समस्या प्रति हामी सचेत रहेर सेवा प्रवाह गरेको भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार असार १ गते देखि नीजि साना ठुला गरेर ६३ सवारी साधन कारवाहिमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार