खोकनामा प्रहरी र स्थानीयबीच हाते ट्याक्टर खोसाखोस
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:७:३४
१५ असार, काठमाडौं । दही चिउरा खाएर रोपाई गर्ने दिनमा ललितपुरको खोकनामा झडप भएको छ । सुडोल फाँटमा खेत जोत्ने, आली लगाउने, पानी लगाउने लगायतका काम सुरु गर्नै लागेका स्थानीयलाई प्रहरीले रोकेको छ । प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भएको स्थानीयले बताएका छन ।
खोकनामा काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकका विषयमा विवाद छ । सुडोल फाँटलाई हाल फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ भनिन्छ । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । त्यसैले खेतीपाती गर्न प्रहरीले रोक लगाएको हो ।
डंगोलका अनुसार स्थानीयलाई सो क्षेत्रमा खेतीपाती गर्न नदिन करिब दुई दर्जन प्रहरी परिचालन गरिएको छ । डंगोलले खेतीपाती गर्न नपाए भोकभोकै पर्ने बताए । डंगोलका अनुसार प्रहरीले रोक्न खोजे पनि स्थानीयवासीले आफ्नो काम जारी राखेका छन् ।
सरकारले यसअघि अधिग्रहण गर्ने भनेपनि स्थानीयलाई भुक्तानी दिएको छैन । भुक्तानी नदिदा स्थानीय भने समस्यामा परेका छन । यसअघि पनि खोकनामा विवाद हुदै आएको थियो । अहिले पनि विवाद भएपछि स्थानीयहरु सरकारको कार्यशैलीबाट रुष्ट बनेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार