यो बर्ष समयमै वर्षा, प्रदेश नं ५ मा ४७ प्रतिशत रोपाइँ
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २१:४८:४८
१५ असार, रुपन्देही । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ ।
यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिए ।
यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र दाङमा २६ दलमलव ७६ प्रतिशत रोपाइँ भएको छ । यसैगरी बाँकेमा ३७ दशमलव ९६, बर्दियामा ५४ दशमलव ८२ प्रतिशत र रुकुम ‘पूर्व’मा ७३ दशमलव ०५, प्युठानमा ९६ दशमलव १३ र रोल्पामा ५८ दशमलव ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाँले बताए ।
प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो । प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा गरी कार्यक्रम लागू गरेको छ ।
तिलोत्तमामा रोपाइँ महोत्सव
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज १७ औँ राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सव मनाएको छ । वडा नं ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसर खेतमा धान दिवस मनाइएको हो । दिवसका अवसरमा नगरपालिकाको आफ्नो झण्डै चार बिघा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।
रोपाइँ महोत्सवमा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसानसमेतको सहभागिता थियो । रोपाइँका लागि वडागत रुपमा प्लट विभाजन गरिएको र जनप्रतिनिधिहरु बिहानै खेतमा जुटेर उत्साहित भई धान रोपाइँमा सहभागी भएका थिए ।
नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेग री रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकै तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । वडाध्यक्ष न्यौपानेले रोपाइँमा सहयोग पु¥याउने क्लब, कुलापानी समितिलगायत सबैप्रति आभार व्यक्त गरे ।
यसैबीच तिलोत्तमामा कयौंँ वर्षदेखि बाँझो रहेको जमीनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफँैले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो ।
कुल खेतीयोग्य जमीन आठ हजार ४४९ मध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकामा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो सातादेखि तिलोत्तमामा रोपाइँ शुरु भएकामा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
बन्दाबन्दीका कारण नगरवासी फुर्सदिला रहँदा धान रोपाइँ विगत वर्षभन्दा यस वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमीन बाँझो नराख्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार