अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोतका लेखापालविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार ०:१९:५६
१५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ ।
आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको छ ।
ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा रु तीन करोड १५ लाख ७५ हजार १६ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।
यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात रु दुई करोड ७६ लाख ४४ हजारसमेत जफत गर्न माग गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
त्यस्तै आयोगले वीरेन्द्रनगर नगरपालिका– ४ को वडा कार्यालयमा प्रशासन सहायक करार सेवामा कार्यरत रत्नबहादुर विकलाई पक्राउ गरेको छ । आयोगका अनुसार वडा कार्यालयमा उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जग्गा नगरी हिनामिना गरेको अभियोगमा आयोगको सुर्खेत कार्यालयबाट गएको आयोगको टोलीले शनिबार उनकै घरबाट शनिबार पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार