पाल्पामा ४० प्रतिशत धान रोपाइँ
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार १९:२१:४५
१६ असार, रामपुर । पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् । हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।
उनका अनुसार यस क्षेत्रमा मात्रै करीब ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ । तिनाउ गाउँपालिकामा करीब ४० प्रतिशत रोपाइँ भएको छ । रम्भा गाउँपालिकाका हुँगी, हेक्लाङलगायत क्षेत्रमा करीब ३० प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी र अर्गलीफाँट तथा पूर्वखोला र बगनासकालीमा फ्याटफुट्ट धान रोप्ने कार्य कृषकले शुरु गर्न थालेका छन् ।
खाली रहेका, सिंचाइको पर्याप्त सुविधा भएका, खोला नजीकका खेतमा कृषकले धान रोपाइँको काम शुरु गर्न थालेको अर्यालले बताए । विगत वर्षमा जिल्लामा मनाइँदै आएको राष्ट्रिय धान दिवस भने यस वर्ष कोरोना भाइरसका कारण हुन सकेन । मकैबाली भएका खेतमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाइँ सुरु गरिन्छ ।
कतिपय आकाशको पानीको भरमा मात्र रोपाइँ हुने खेतमा भने पर्याप्त वर्षा भएपछि मात्र धान रोपिने गरिन्छ । जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमीनमा गरिँदै आएको छ । रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य क्षेत्र मानिन्छ ।
पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका बीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने बीउ भने जिल्लामा लोप हुँदै गएका छन् । बास्मती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदीलगायत धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार