‘पाशुपत क्षेत्रको विकासमा कोष क्रियाशील’
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २०:९:१०
१६ असार काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ ।
प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए ।
समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा भएका व्यवस्थाले विनियोजित बजेट खर्च गर्न कठिन भएको, कतिपय विकास–निर्माणका काम प्रारम्भ गर्न काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभागलगायत निकायहरूबाट स्वीकृति र सहमति लिनुपर्ने व्यवस्थाले कार्यसम्पादनमा विलम्ब भएको तथा धार्मिक, सांस्कृतिक एवं परम्पराका नाममा बेलाबेलामा व्यवधान उत्पन्न हुने गरेको उनीहरुको गुनासो थियो ।
भूकम्पपछिको पुनःनिर्माणमा गत आवमा रु १३ करोड ११ लाख खर्च भएको तथा ढल व्यवस्थापन, सडक, मन्दिर, पाटी र सत्तलको पुनःनिर्माण मर्मतसम्भार जारी रहेको छ । दर्शनार्थी तथा पर्यटकको सेवा सुविधाका निम्ति विश्रामस्थल, उद्यान व्यवस्थापन, शवदाहगृह निर्माण एवं सञ्चालन, पाशुपत क्षेत्रको साङ्ख्येय नक्साङ्कन (डिजिटल म्यापिङ), गुुह्येश्वरी–गौरीघाट नदी किनारको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार