कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २१:५:३२
१६ असार, सुर्खेत । कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो ।
त्यस्तै २७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । त्यस्तै १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताए ।
त्यसैगरी, आठ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उनले जनाए ।
उनका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार ५७७ हेक्टर जमीन भएको कालीकोटमा २७ र दुई हजार ८०० हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाई भएको छ ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाईंमा ढिलाई भएको जनाए । मन्त्री केसीले भने, “कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषि कर्ममा क्रियाील हुन किसानहरुलाई अपिल गरिएको छ । यसअघि किसानहरुलाई खेती तथा धान रोपाईं कार्यमा कोरोनाले अन्योल बनाएपनि अब रोपाई कार्य तीव्र गतिमा जान्छ ।”
उत्पादनका कार्यलाई निरन्तरता दिनुका साथै यसको वृद्धि गर्नेतर्फ ध्यान नदिइए निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने कुरालाई सचेत गराउँदै उनले कृषिसम्बन्धी सम्पूर्ण गतिविधिहरुमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाइ सो कार्यलाई नियमित राख्न किसानहरुलाई आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार