कर्णालीमा खाद्य वस्तुको अनलाइन होम डेलिभरी सेवा शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०७७ बुधबार ०:२५:८
![](https://nepalbahas.prixacdn.net/media/albums/online-1_DYr93Tf0zu.jpg)
१६ असार, सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन होम डेलिभरी सेवा शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले आज वीरेन्द्रनगरमा ‘नेपालफुड डट जिओभी डट एनपी’ पोर्टलको शुभारम्भ गरे ।
मन्त्री बुढाले कोभिड १९ को जोखिमबाट सुरक्षित रहन अनलाइन कारोबार प्रभावकारी माध्यम भएको बताए । उनले कर्णाली सरकारले आगामी आर्थिक वर्ष ४० हजार मेट्रिक टन खाद्यान्न खरिद गर्ने योजना रहेको जानकारी दिए। “प्रदेश सरकारले रोजगारी र खाद्य सङ्कटको अवस्थालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, कामका लागि खाद्यान्न कार्यक्रममार्फत खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउँदैछौँ ।”
कार्यक्रममा मन्त्री बुढाले अनलाइन होम डेलिभरीका पहिलो ग्राहक सुर्खेतका व्यवसायी लक्ष्मण कँडेललाई बिल हस्तान्तरण गरे । मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले बन्दाबन्दीमा अनलाइन कारोवार बढेको बताए । खाद्य व्यापार कम्पनी लिमिटेडले कर्णालीको हिमालय क्षेत्रका अर्गानिक उत्पादनको बिक्री वितरण गर्न आग्रह गरे । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले उपभोक्ता सूचना प्रविधिमैत्री हुन जरुरी रहेको बताए। कम्पनीले काठमाडौं उपत्यका बाहिर पहिलोपटक कर्णालीमा अनलाइन होम डेलिभरी सेवा शुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार