गाउँपालिकाद्वारा विद्यालयलाई २१ लाख अनुदान दिने निर्णय
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १७:३७:३०
१७ असार, हेटौँडा । लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई रु २१ लाख ५२ हजार रकम अनुदान दिने निर्णय गरेको हो ।
गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको विकासका लागि पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा अङ्ग्रेजी माध्यमका लागि पठनपाठन प्रोत्साहन अनुदान वितरण गर्ने बैठकबाट पारित भएको जानकारी दिए।
गाउँपाकिाले त्यहाँको वडा नं ६ सुनाचुरीस्थित राष्ट्रिय माविलाई विज्ञान प्रयोगशाला बनाउन रु छ लाख ५० हजार, मनहरि–७ को विजोनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुस्तकालय निर्माणका लागि रु छ लाख ५० हजार र मनहरि–२ स्थित सीता माविलाई सूचना प्राविधिक प्रयोगशालाका लागि रु छ लाख ५० हजार अनुदान दिने बताइएको छ ।
यस्तै अङ्ग्रेजी माध्यम प्रोत्साहनका लागि मनहरिस्थित रोट्री मावि, वडा नं ४ स्थित पशुपतिनाथ मावि र वडा नं ९ स्थित रिशेश्वर अधारभूत विद्यालय तथा वडा नं १ स्थित आधारभूत विद्यालय चक्रीलाई रु ५०÷५० हजार दिने निर्णय भएको बुझिएको छ ।
यसैबीच जिल्लाको पकैया गाउँपालिकाले बिरामीलाई रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र हेटौँडाको सहयोगमा निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । स्थानीय बिरामीले तिनुपर्ने रकम गाउँपालिकाले रक्तसञ्चार केन्द्रलाई तिर्ने सहमति भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिए। वार्षिकरूपमा एकमुष्ठ रकम रगत उपलब्ध गराएवापत रक्तसञ्चार केन्द्रलाई प्रदान गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार