पीसीआर मेशिन खरिद गरेर परीक्षण थाल्दै सेना, प्रहरी र सशस्त्र
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १६:५:२८
१८ असार, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन नसक्दा सुरक्षाकर्मी आफैले कोरोना परीक्षण गर्ने भएका छन । फौजमा संक्रमितको संख्या बढ्दै जान थालेपछि सेना, प्रहरी र सशस्त्रले आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालेका हुन ।
यसका लागि तीन वटै सुरक्षा संयन्त्रले पीसीआर मेसिन जडान गर्दैछन । सेनाले सैनिक अस्पताल, छाउनीमा राख्ने गरी पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सशस्त्र प्रहरीले पनि मेसिन खरिदका लागि टेण्डर खुलाएको सशस्त्र प्रहरी अस्पतालका डीएसपी डा. प्रविण नेपालले बताए ।
नेपाल प्रहरी अस्पतालमा बुधबार जडान गरिएको पीसीआर मेसिनको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका छन । अब प्रहरी, आरोपित, अभियुक्त लगायत सबैको पीसीआर परीक्षण गरिने भएको छ ।
यस्तै नेपाली सेनाका एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदैछन् । महामारीका कारण तीन महिना रोकिएको बदली पुनः सुरु भएसँगै उनीहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको छ ।
यूएनले उनीहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैले जाँचका लागि सेनाले पनि आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
विदामा रहेका र कार्यक्षेत्रमा खटिएका सेनाको अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी रहेकाले सेना, प्रहरी र सशस्त्रले पनि मेशिन खरिद गरेर परीक्षण अगाडी बढाउन लागेका हुन ।
सरकारले यसअघि दैनिक १० हजारको परीक्षण गर्ने बताएको थियो । तर सरकारको काम सुस्त भएपछि सेना, प्रहरी र सशस्त्र आफैले परीक्षण थालनी गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार