प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १९:५५:१०
१८ असार, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी गरेका बताए।
उनलाई विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयले अतिरिक्त पारिश्रमिक दिन नमानेपछि तालाबन्दी गरेको कर्मचारीले जनाएका छन् ।
विश्वविद्यालयले केन्द्रीय कार्यालयमा कार्यरत अधिकृतभन्दा माथिका कर्मचारीलाई तलबको २० प्रतिशत र सहायक स्तरकालाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक दिँदै आएको बताइएको छ ।
उनीहरुले चालू आर्थिक वर्षको असोजसम्मको अतिरिक्त पारिश्रमिक लिएको र त्यसपछिको पारिश्रमिक माग गरेको बताएका छन् । उनीहरुले लकडाउनको तीन महिनाको पारिश्रमिक नलिने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार