साउन ६ सम्म व्यावसायिक उडान बन्द
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार २:२७:३२
१८ असार, काठमाडाैं । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवामा लगाएको प्रतिबन्ध थप गरेर साउन ६ सम्म पुर्याएको छ । यघि व्यावसायिक हवाई सेवाको उडान तथा अवतरणमा असार २१ गते गतेसम्म रोक लगाईएकोमा समय थप गरेर साउन ६ गतेसम्म पुर्याइएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायीक उडानमा लगाएको प्रतिबन्ध थप गरी २०७७ सालको साउन ६ गतेसम्म कायम रहने निर्णय गरेको हो । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो आठौं निर्णय हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ८ गते गरेको राष्ट्रको नाममा सम्बोधन मार्फत कोरोना भाइरस जोखिम न्युनिकरणका लागी भन्दै अन्तर्राष्ट्रिय हवाई चैत ९ देखि १८ गतेसम्म सेवामा प्रतिबन्ध लगाउने बताएका थिए । त्यस पछि सरकारले उडानमा समय थप गर्दै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउँदै आएको छ ।
त्यसपछि चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि १८ सम्म, १९ देखि जेठ ३२ र असार १ देखि २१ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो । आठौं पटकको निर्णयले १६ दिन थप गरेको छ । यी निर्णय मन्त्रीपरिषद् तथा सीसीएमसीले संयुक्त रुपमा गर्दै आएका छन् । व्यावसायिक उडानमा रोक लगाइए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।
मन्त्रालयको नागरिक उड्डयन महाशाखाले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न असार ३१ सम्म अनुमति जारी गरेको छ । यो तेस्रोपटक जारी भएको अनुमति हो । पहिलोपटक २९ जेठदेखि खुला गरिएको नेपाली नागरिक उद्धार चार्टर उडानको म्याद असार ११ सम्म थियो । त्यसपछि मन्त्रालयले दोस्रोपटक असार १६ गतेसम्मका लागि उडान तालिका र भाडादर निकालेको थियो । बुधबारदेखि लागू भएको तेस्रोपटकको चार्टर उडान तालिका ३१ असारसम्म कायम रहने छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार