पकेट क्षेत्रका कृषक समूहलाई अनुदान
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २०:४१:२०
२२ असार, स्याङ्जा । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाले पकेट क्षेत्रका कृषक समूहलाई अनुदान दिएको छ । श्रोत केन्द्र पकेट कार्यक्रम अन्र्तगतका कृषक समूहलाई कार्यालयले आर्थिक वर्ष २०७६-०७७ मा विनियोजन भएको बजेटमार्फत अनुदान दिएको हो ।
जिल्लाका ११ स्थानीय तह मध्ये वालिङलाई बंगुर, चापाकोटलाई बाख्रा, भीरकोट नगरपालिकालाई गाई र अर्जुनचौपारी गाउँपालिकालाई अनुदानमा कुखुराका चल्लासहित नगद दिएको विज्ञ केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
पकेट क्षेत्र कार्यक्रमा समाबेश भएको वालिङ् नगरपालिकाका बंगुरपालन कृषक समूहलाई २० वटा बंगुरका पाठापाठी र २ लाख नगद दिएको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चापाकोट नगरपालिकाका कृषक समूहलाई बाख्राको खोर सुधारका लागि १ लाख ५० हजार र बोका दिइएको छ ।
त्यैसैगरी पकेट क्षेत्रकै भीरकोट नगरपालिकाका गाईपालन कृषक समूहलाई नश्ल सुधारका लागि २ लाख २५ हजार दिएको विज्ञ केन्द्रका सूचना अधिकारी गोपाल गिरीले जानकारी दिए । उता अर्जुनचौपारी गाउँपालिकाका कुखुरापालन कृषक समूहलाई ५ सय २६ कुखुराका चल्ला र १ लाख ५० हजार नगद अनुदान दिईएको गिरीले बताए ।
केन्द्रले जिल्लाभरबाट छनौट भएका बाख्रा, गाई र भैसीपालन गर्ने कृषकहरुलाई झण्डै २ करोड ५० लाख रुपैयाँ नगद अनुदान दिन लागेको छ । केन्द्रले दिएको जानकारी अनुसार आबेदन दिएर छनौट भएका जिल्लाका कृषकहरुलाई अनुदान दिन लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार