रैथाने बाली संरक्षण गर्दै कृषि सहकारी
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १६:९:२३
१२ असार, तुल्सीपुर । दाङ जिल्लामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न थालिएको छ । जिल्लामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो । परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढेको कृषिका अगुवा बताउँछन ।
घोराही उपमहानगरपालिका– २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा विसं २०६४ देखि स्थानीय जातको बीउ सङ्कलन र संरक्षण गर्दै आएको छ । जिल्लाका धेरै स्थानको अध्ययनपछि उपयुक्त स्थानका रुपमा रामपुरलाई छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राममणि पाण्डेलले जानकारी दिए ।
लिबर्डले करीब ६ वर्ष यही कार्यक्रमका लागि सहयोग गरेको स्थानीयवासीले बताएका छन् । लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी पाएपछि स्थानीयवासीको यसतर्फ आकर्षण बढेको संस्थापक अध्यक्ष पाण्डेले बताए ।
“संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीयवासीको लोपोन्मुख जातका बालीप्रति आकर्षण बढेको हो, यसअघि स्थानीय जातलाई विश्वास नगर्नेहरुले पनि विश्वास गरेर खेती गर्न थालेका छन्”, संस्थापक अध्यक्ष पाण्डेले भने ।
अहिले स्थानीयस्तरमा पाइने बाली सङ्कलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले जानकारी दिए । यसै गरेर स्थानीय बाली उत्पादन गरेर बजारसम्म पु¥याइने गरेको पाण्डेको भनाई छ ।
संस्थाले दाङ जिल्ला तिल्की धानका लागि प्रख्यात रहेकाले यसको संरक्षणसँगै विस्तार पनि गर्न थालेको छ । संस्थाले तिल्कीका विभिन्न जातलाई मिलाएर एउटा बनाउने काम गरेको अध्यक्ष पाण्डेले बताए । पछिल्लो समयमा तिल्की धान लगाउनेहरु पनि बढेका छन् । उत्पादित धानको बीउ बजारसम्म पठाइने गरेको छ ।
रामपुरको जैविक विविधता कृषि सहकारी संस्थाले जिल्लामा पाइने लोपोन्मुख बालीको संरक्षण गर्दै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरत पोख्रेलले बताए ।
“पुराना लोप हुन लागेका बालीहरुको संरक्षण गर्ने काम भएको छ, संस्थाले धान, गहुँ, मकै, तोरी तथा तरकारीका बाली संरक्षण गर्ने काम गरेको छ”, पोख्रेलले भने । संस्थाले बालीको मूल बीउ संरक्षणका साथसाथै कृषकलाई आवश्यक परेमा बीउसमेत उपलब्ध गराउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार