नेपाल एसबीआई बैंकको २७ औं बार्षिकोत्सव सम्पन्न
नेपालबहस संवाददाता
असार २३, २०७७ बुधबार १:३८:५७
२३ असार, काठमाडौं । नेपाल एसबीआई बैंकले ७ जुलाई २०२० मा बैंकको २७ औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिणद्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा पशुपतिनाथ कलात्मक दक्षिण द्वारको उद्घाटन भएको छ । उक्त समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापा, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, पशुपति क्षेत्र विकास कोष तथा बैंकका संचालक समितिका सदस्यहरु लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा मन्त्री भट्टराईले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटीएमको पनि उद्घाटन गरेका थिए ।
बैंकको २७ औं बार्षिकोत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकले कमलादीस्थित आफ्नो परिसरमा बैंकका संचालक समितिका सदस्यहरु बालकृष्ण श्रेष्ठ, अर्जुनकुमार गौतम, बिमला सुवेदी, र बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरद्वारा बैंकको कर्पोरेट कार्यालयको शिलान्यास गरिएकोे छ ।
उक्त कार्यक्रममा प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिज्वान आलम, प्रमुख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त, प्रमुख कर्जा अधिकृत, देवराज अधिकारी तथा बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार