भावुक स्टाट्स लेख्दै ग्लोबल आईएमई बैंकका सीईओ कुवँरले दिए राजीनामा
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार २३:१०:४५
२५ असार, काठमाडौं । ग्लोबल आईएमई बैंकको सञ्चालक समितिसँग विवाद बढेपछि प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले राजीनामा दिएका छन् । जनता बैंकलाई ग्लोबलसँग सफल बिग मर्ज गराएका क्षत्रीले ११ महिना कार्यकाल बाँकी छँदै स्वास्थ्यको कारण देखाएर राजीनामा गरेका हुन् । आज बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले साउन १ गतेबाट लागु हुनेगरि उनको राजीनामा स्वीकृत गरिसकेको छ। उनले सञ्चालक समिति समक्ष गत असार १ गते नै राजीनामा दिएका थिए ।
बैंकिङ क्षेत्रमा हक्की र निडर स्वभावका सीईओ कुँवरले पुरै अवधि सीईओको रुपमा जागीर खाने इच्छा र आकांक्षा हुँदाहुँदै बाध्यताले छोड्नु परेको बताएका छन् । आफ्नो फेसबुक वालमा ११ बुँदे लामो भावुक स्टाट्स लेख्दै सीईओ कुँवरले भनेका छन् “म मेरो रोजगार सम्झौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैकिंग क्षेत्र मात्र होईन सम्पूर्ण क्षेत्रबाट पुर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होईन । जिन्दगीभर मेहनत गर्ने र मेहनतको फलवापत जे पाए त्यसैमा चित्त बुझाए । तर मेरो यो आकांक्षा पुरा नभएकोमा मलाई जिन्दगीभर अलिकति पिडा हुनेछ ।”
कुँवर ग्लोबल आईएमई र जनता बैंक गाभिएपछि ०७६ मंसिर २० गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । बिग मर्जर अघि जनता बैंकको प्रमुख कार्यकारी अधिकृतरहेका कुँवर त्यसअघि ग्रान्ड बैंक नेपाल र बैंक अफ एशिया नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । दुबै बैंक बिलय भइसकेको छन् ।
बैंकले केही समयअघि अधिकृत स्तरभन्दा माथिका लागि स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको थियो । जसमा प्रमुख ब्यवस्थापक राज रिमालसहित ३३ जनाले भीआरएस लिएर बैंक छोडेका छन् ।
कुँवरले लेखेको फेसबुक स्टाट्स जस्ताको तस्तैः
३.जिन्दगीभर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरें अर्थात बिहान ९ बजेदेखि वेलुका ९ बजेसम्म हप्ताको ६ दिन काम गरें । जिन्दगीका थुप्रै दिन दिनको १४–१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाईमा त अव्वल नै थिए तर सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको थिए । म आज जहाँ छु र जिन्गीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो ।
४.तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६”को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोबल आईएमई बैक जस्तो बैंकमा जागिर खाने नाममा कुर्सीमा टासिएर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न जरूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सीईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्सीमा टाँसिएर मात्र बसेको भए, बैंकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता, सरकार र समुदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकार योग्य थिएन ।
५.वि.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीईओको रुपमा कार्यभार सम्हाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज गरेर एकैचोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समयपछि मलाई बिदा दिनुपर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्षपछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थे । त्यो हिसाबले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधिसमेत गणना गर्ने हो भने बैंकसँग साढे ३ बर्ष सम्बद्ध हुन पुगेको छु।
६.ग्लोबल आईएमई बैंकले राम्रो गरेको छ, राम्रो गर्दैछ र अझ राम्रो गर्ने संभावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैंकको क्षमता छ । बैंकको पुर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ, बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार,लगनशील, र परिणाममुखी छन् । म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस् गर्ने छु । यस्तो गुणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र म यस घडीमा बैंकका सबैं सरोकारवालाहरुमा आ–आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु ।
७.बिगत करिब साढ़ ३ दशक बैंकिङ क्षेत्र र त्यसभन्दा अघि करिब साढे २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु । आफुले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाका सर र म्याडमहरुसँग र मेरा ग्राहकहरुसँग थुप्रै अन्तरक्रिया र वैठकहरु गरेको छु । यस दौरानमा मलाई थाहा छ, मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्यायको छु । यसको लागि म यहाँहरुसँग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलिएर व्यवसायिक रुपमा लिएर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु।
८.यो अवकाश सँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिका बाहेक दैनिक प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ । मेरो बाँकी जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैंकिङ क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा बिताउने छु । तालीम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौख (passion) को चीज पनि रहदै आएको छ। मैले बैंकिङ क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाड्न चाहान्छु। मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ, भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् ।
९.मेरो साढे ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापुर्वक संस्थागत सुशासन कायम गर्दै काम गरेको छु । मैले सधै “Good Sleep” रोजें, “Good Food” कहिल्यै रोजिन । यसले मलाई “Fearless” बनायो । कतिपय अवस्थामा यो मेरो Strength पनि बन्यो weakness पनि । यसैकारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जिन्दगीमा मैले कमाएको सबैभन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसाबले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैंकिङको महाविद्यालय ग्रिण्डलेज र स्टाण्डर्ड चार्टर्ड बैंकलाई श्रेय जान्छ । म वहाँहरुलाई सधै संझने छु ।
१०. बैकमा काम गरिरहेको अवस्था र बैकिङ क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे ३ वर्ष नेपाल बैंकमा काम गर्दा (जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसँग संगत रह्यो । वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरु सँग क्षमा याचना गर्दछु।
११. अन्तमा, बैंकिङ क्षेत्रमा जे जति गर्न सकें । यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पुर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु । धन्यवाद ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार