झरनामा पर्यटन आवागमनमा रोक
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १५:२:१६
पोखरा । विश्वव्यापी महामारिका रूपमा पैmलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो ।
रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको आयोजनामा जनप्रतिनिधिसहित झरनामा क्यानोनिङ सञ्चालन गर्दै आएको ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिसहितको बैठकले उक्त निर्णय गरेको हो ।
झरनामा क्यानोनिङ गर्ने, स्नान गर्ने र दृश्यावलोकन गरेर रमाउने पर्यटकको चाप दिन प्रतिदिन वृद्धि भएको छ । भौतिक दूरी कायम नगर्नु, मास्कलगायतका सुरक्षाका सामग्री प्रयोगमा ध्यान नदिँदा रोग पैmलिने खतरा बढेपछि केही समयका लागि बन्द गरिएको पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिए ।
“बिहीबार परेको अविरल वर्षासँगै गएको पहिरोले झरनासम्म जाने बाटोसहित निवाट चन्नीखोला सिँचाइ कुलोसमेत बगाएको छ” उनले भने, “ पहिरोले बगाएको नहर मर्मत गरी सिँचाइको व्यवस्था र बाटो निर्माणका लागि पनि झरनामा आवागमन बन्द गरिएको हो ।”
बैठकमा उपस्थित पोखरा–२८ का वडाअध्यक्ष निर्मल दियालीका अनुसार कोरोना भाइरसको सङ्क्रमण पैmलिन नदिन र बाटो तथा सँगै रहेको सिँचाइ कुलोको मर्मत, पहिरोको जोखिमसहित झरनामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि यतिखेर पर्यटन आवागमनमा रोक लगाइएको हो ।
“भौतिक पूर्वाधार निर्माणका लागि वडास्तरबाट सक्दो आर्थिक सहयोग रहने छ”, उनले भने, “झरना प्रदेशकै नवीनतम पर्यटकीय गन्तव्य भएकाले त्यसका लागि स्थानीय पहल अत्यन्त महत्वपूर्ण हुन्छ ।”
बैठकले पोखरा वडा नं २८ र ३० को सङ्गमस्थल स्याङ्खुदीदेखि नेटालगायतका स्थानमा सूचना बोर्डसमेत राखेको उल्लेख गर्दै वडाअध्यक्ष दियालीले बन्द गरिएको अवधिमा पर्यटकमा देखिएको उत्साहलाई सम्बोधन गर्ने गरी झरनाको प्रचारप्रसारसहित भौतिक निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भने सँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल शुरु गरिएको क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार