बाँकेमा ९० प्रतिशत रोपाइँ सम्पन्न
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २०:१५:२५
राँझा । बाँकेमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । “आकाशे पानी र सिक्टा सिँचाइको पानीले समयमा रोपाइँ भएकाले यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ”, उनले भने, “यस वर्ष असारमै रोपाइँ सकिने भएको छ ।”
उनका अनुसार गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने अनुमान गरिएको छ । यहाँ ३६ हजार ५०० हेक्टरमा रोपाइँ हुन्छ । विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको छ । जिल्लाको जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा रोपाइँ सकिएको छ ।
किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । खजुरा गाउँपालिका–२ का अगुवा कृषक अर्जुन उप्रेतीले यस वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा रोपाइँ सकिएको बताए ।
धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिन मध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् । यस वर्ष सिक्टा सिँचाइले परीक्षणको रुपमा छोडेको पानीले किसानलाई धेरै राहत पुगेको कोहलपुरका समाजसेवी एवं राजनीतिज्ञ सूर्य ढकालले जानकारी दिए ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई मध्यनजर गर्दै पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्र–शाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए। उनकाअनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको छ ।
“हामीले वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, जेठ १५ पछि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतवारीसम्म पानी पु¥याउने काम भइरहेको छ,” उनले भने, “आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा जसो क्षत्रफलमा सिक्टाको पानी पुगेको छ ।”
अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत १ हजार हेक्टर गरी १६ हजार हेक्टरमा धानखेतीलाई सहजै सिँचाइ दिन सकिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
बागमतीमा डेङ्गु संक्रमितको सङ्ख्या बढ्दै
बैशाख २३, २०८१ आइतबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन
बैशाख २३, २०८१ आइतबार
अनन्या र आदित्यको ब्रेक अप !
बैशाख २३, २०८१ आइतबार
बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार