जुम्लामा पनि देखियो सलह, धपाउने उपाय खोज्दै विज्ञ
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:२:३६
जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो ।
जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, “बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।”
कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पु¥याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताए । बैठकमा सलह किरा डोल्पा हँुदै जुम्ला पुगेको जानकारी दिइयो ।
उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिए । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ ।
स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखाँैको नभई हजारौँको सङ्ख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपु¥याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उनका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ ।
नेपालमा आइरहेको सलह समूह छुट्टै आइरहेको र कमजोर हुदैँ गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजार सलह आइरहेको देखिएको बताए । उनले यसको उत्तम उपाए मेकानिकल उपाय रहेको जानकारी गरे ।
यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको उनले जानकारी दिए । विज्ञले समेत बाजा बजाउने, आगोको धुवाँ बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ । विशेषज्ञको सल्लाहअनुसारनै स्थानीय सुहाउँदो विधि पद्धतिअनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ ।
प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकाय समयमै सचेत हुन अनुरोध गर्नुभयो । यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा क्षति पु¥याउन शुरु गरेको छ । यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पु¥याएको छ ।
यहाँको पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पु¥याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो रु २०० उपलब्ध गराउने निर्णय गरेको छ । बालीमा सलह किराबाट जोगाउन कृषक अहिले आफँै लागी परेका छन् ।
जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउन सक्ने विज्ञ बताउन्छन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जिब्रोमा हुने सेतो दाग सबैभन्दा खतरनाक !
बैशाख २२, २०८१ शनिबार
प्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको निधन
बैशाख २३, २०८१ आइतबार
फुट्यो जनता समाजवादी पार्टी, ७ जना सांसद बोकेर राई पुगे निर्वाचन आयोग
बैशाख २३, २०८१ आइतबार
पुरुषको औसत आयु ६८.२, महिलाको ७३.८ वर्ष
बैशाख २३, २०८१ आइतबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार