इन्भेष्टमेन्ट बैंकको सीईओमा ज्योति पाण्डेलाई नै निरन्तरता दिने सञ्चालक समितिको निर्णय
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार २:३२:३
३० असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्योतिप्रकाश पाण्डेले नै निरन्तरता पाउने भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई नै निरन्तरता दिने निर्णय गरेको हो। सीईओको रुपमा यो उनको तेस्रो कार्यकाल हो ।
पाण्डेको कार्यकाल असार मसान्तमा सकिँदै थियो । ३९ बर्ष अघि नेपाल राष्ट्र बैंकको सहायक पदबाट आफ्नो बैंकिङ करियर सुरु गरेका पाण्डेले ११ महिना मात्र जागीर खाएका थिए ।
एनआइडीसी, इन्डोस्वेज बैंक हुँदै हिमालयन बैंकमा समेत लामो समय बिताएका पाण्डेले पटना युनिभर्सिटीबाट एमबीए र कोलकाताबाट स्नातक गरेका छन् । जेभिरियन समेत रहेका पाण्डे काठमाडौंका स्थायी बासिन्दा हुन् ।
उनकै पहलमा पछिल्लो समय बैंक जमानत वापतको २ अर्ब भन्दा बढी रकम मुद्धा जितेर इटलीबाट फिर्ता ल्याउन सफल भएपछि सो बैंकको वित्तीय विवरण प्रगतिउन्मुख देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार