नेतृत्व नहुँदा विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १५:२४:१३
२ साउन, गण्डकी । पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् ।
विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीनको पदसमेत रिक्त छ ।
व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताए । यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको उनले बताए । योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह प्रा डा ज्ञानेश्वर शर्माले २१ औँ शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पीडा भएको उल्लेख गरे ।
पोखरा विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति हेमराज पाण्डेले समयसापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवं पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन विश्वविद्यालयको नेतृत्व नियुक्ति गर्नुपर्ने बताए । सहप्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै यसको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिए ।
पोखरा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वस्ववियु सभापति सुनिल क्षेत्रीलगायतले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै नभई सम्पूर्ण शिक्षक तथा कर्मचारीको भविष्यसमेत अन्धकार भएकोमा जोड दिए । विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रत्येक वर्षको साउन १ गतेलाई पोखरा विश्वविद्यालयको स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार