सीमावर्ती रुपैडिहा सुनसान, स्वदेशी वस्तुको गुणवत्ता चिन्ने अवसर
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार २१:१३:४१
३ साउन, नेपालगञ्ज । बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा अहिले सुनसान छ । कोरोना भाइरस ‘कोभिड–१९’ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो । नेपालगञ्ज–१० का गणेश शर्मा भन्छन्, “कोरोना महामारीको आमनेपाली उपभोक्तालाई फाइदा पनि भएको छ ।
यसले नेपालीलाई आत्मनिर्भर र स्वदेशी वस्तुको गुणवत्ता चिन्ने अवसर पनि दिएको छ ।” रुपैडिहा बजारमा अहिले नेपालीहरुको प्रवेश शून्य प्रायः छ । आपत्कालीन अवस्थाका बिरामीको ओखती खरिदका लागिमात्र नेपालीहरुलाई रुपैडिहा प्रवेशको अनुमति दिने गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।
नून, तेलसमेत किन्न भारतीय बजार जान लालायित हुने नेपाली उपभोक्तालाई कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न पनि सिकाएको नेपालगञ्जका व्यापारी देवीप्रसाद पौडेलको अनुभव छ । सामान्य अवस्थामा बाँकेका हजारौँ उपभोक्ताले दिनहँु रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान खरिद गर्न जाने अवस्थाको अन्त्य कोरोनाको महामारीले गरेको छ ।
अर्कोतर्फ, बन्दाबन्दीको झण्डै एक महिनाअघि नेपालगञ्जमा सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटले पनि यहाँका उपभोक्तालाई सहज बनाएको छ भने रुपैडिहा प्रतिको मोह पनि धेरै घटाएको पाइन्छ । “रुपैडिहा बजारभन्दा भाटभटेनीमै सस्तो पाइँदो रहेछ, फेरि जे खोज्यो त्यही सामान एकै ठाउँमा पाउने भएपछि अब सीमापारि गइरहनु नै परेन्”, नेपालगञ्जकी गृहिणी आरती थापाको भनाइ छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्छन्, “बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगञ्जका बजारमा अझ सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ ।
”नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको पछिल्लो तथ्याङ्कअनुसार, कोरोना महामारी पछिको भारतीय सीमानाका बन्द हुँदा रुपैडिहा बजारमा व्यय हुने करीब रु पाँच करोड रकम स्वदेशमै खर्च भएको छ । यसैगरी, चर्को घाम तथा समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा काँचिएर, कस्टम र एसएसबीको हेपाइ सहनुपर्ने नियतिको पनि अन्त्य भएको बौद्धिक उपभोक्ताहरुको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार