सलहको अर्को ठूलो झुण्ड नेपाल आउदै, बाली सखाप पार्ने विज्ञको चेतावनी
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १४:३१:१५
४ असार, काठमाण्डौ । पछिल्लो समय भारतबाट नेपाल आइरहेको सलहले ठूलो नोक्सानी पार्ने सक्ने चेतावनी विज्ञले दिएका छन । भारतबाट एकपछि अर्को गरी सलहको झुण्ड नेपाल आइरहेकाले किसानको बाली नाली सखाप पार्न सक्ने चिन्ता विज्ञले व्यक्त गरेका हुन् ।
नेपालको सीमा नजिक करोडौको संख्यामा सलह रहेकाले त्यो झुण्ड नेपाल आउन सक्ने चिन्ता विज्ञहरुलाई छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रले भारतीय सीमावर्ती क्षेत्रमा रहेको करोडौ संख्याको सलहले नेपाल प्रवेश गरेमा त्यसले अहिले लगाएको मकै र धानबाली खान सक्ने जनाएको छ ।
केन्द्रका उपसचिव रामकृष्ण सुवेदीले नेपाल आउने झुण्डले सोझै बालीनाली खाने भएकाले आउनेवित्तिकै धपाउन आग्रह गरे । भारतबाट हावाको वहाव नेपालतिर सरेकाले त्यही वहावसँगै सलहको ठूलो झुण्ड नेपाल आउने सुवेदीको भनाई छ ।
खासगरी तराईका जिल्लामा सलहको ठूलो झुण्ड प्रवेश गरेमा त्यसले नोक्सानी गर्ने पनि सुवेदीको भनाई छ । पश्चिमका जिल्लाबाट यसअघि भित्रिएको सलहले कर्णाली प्रदेशमा बाली सखाप पार्ने चिन्ता विज्ञहरुको छ ।
नेपाल कृषि अनुसन्धान परिषद नार्कका कीट वैज्ञानिक सुदीप उपाध्यायले एक दुई दिनमा नेपाल आईपुग्ने सलहबाट ठूलो जोखिम रहेको बताए ।
भर्खर धान रोपेको र मकै पनि बढेकाले मकैको पात तथा रोपेको धान खाईदिन सक्ने उनले बताए । सलह आउनेवित्तिकै थाल ठटाएर भगाउन र आफ्नो खेतबारीको हेरविचार गर्न वैज्ञानिक उपाध्यायले आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार