गल्याङद्वारा पशुपालनका लागि एक करोड अनुदान
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १८:२३:४४
४ साउन, स्याङ्जा । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा रु एक करोड अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर रु १५ का दरले ४८ लाख र गाईभैँसीका लागि रु ७५ लाख अनुदानस्वरुप वितरण गरिएको छ ।
पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर रु १५ का दरले अनुदान पाएको जानकारी दिए । यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र रु १० लाख अनुदानस्वरुप वितरण गरिएको छ ।
बङ्गुरपालन, बाख्रापालन, घाँस खेती, दूध सङ्कलनका साथै क्षमता विस्तारका लागिसमेत अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार