सोल्माका कृषकलाई निःशुल्क बाँदर धपाउने उपकरण
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १५:५४:२७
८ साउन, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो ।
किसानले लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि प्रतिवटा रु दुई हजार ५०० का दरले उपकरण खरिद गरेर कृषक समूहलाई उपलब्ध गराइएको सहकारी संस्थाका सचिव गङ्गाबहादुर विश्वकर्माले बताए । “वर्षेनी हुल बाँधेर आउने बाँदरले बालीनाली सखाप पारेपछि किसान हैरानीमा परेका छन्”, उनले भने, “बाँदरलाई तर्साएर धपाउन उपकरण प्रदान गरिएको हो ।”
हुलका हुल आउने बाँदरले घरमा राखिएको मकै तथा अन्य अन्नबालीसमेत बोकेर लान थालेपछि न्यूनीकरण गर्न उपकरण प्रदान गरिएको सचिव विश्वकर्माले जानकारी दिए । “युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरणमा कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएर पड्काउने गरिन्छ”, उनले भने, “ठूलो आवाजमा पड्किँदा बाँदर तर्सेर भाग्ने गर्दछ ।”
स्याङ्जाका भूपेन्द्र कोइरालाले बाँदर आतङ्कबाट बच्न सो उपकरणको आविष्कार गरेका थिए। सहकारीले खरिद गरेर ल्याएको बाँदर धपाउन उपकरण गत शनिबार दिक्तेलस्थित हर्कपुरको फेदीमा दुई पटक परीक्षण समेत गरिएको थियो ।
जिल्लामै पहिलो पटक ल्याइएको बाँदर धपाउने उपकरण प्रयोगका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको सहकारी संस्थाले जनाएको छ । सो प्रविधिको उपकरण सरल र सस्तो रहेको सहकारी संस्थाको दाबी छ ।
सोल्माको विभिन्न गाउँमा धेरै बाँदरले सताएपछि किसानलाई वडामार्फत प्राथमिकताका आधारमा निःशुल्क उपकरण प्रदान गरिएको जनाइएको छ । वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकासमेत सिकाइएको सचिव विश्वकर्माले बताए ।
बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढ्दै गएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाले वर्षेनी चन्दा सङ्कलन गरेर धपाउने गरेका छन् । बाँदर धपाउन हरेक घरका एक जना किसान अनिवार्य खट्नुपर्ने नियम बनाएर खाजा खर्चबापत स्थानीय बासिन्दाबाट चन्दा सङ्कलन गर्ने गरेका हुन् ।
बाँदर आतङ्कबाट मुक्ति पाउन जिल्लाका किसान जति पनि खर्च गर्न पनि तयार रहेका बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । खेतबारीमा लगाइएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारेपनि हालसम्म बाँदर नियन्त्रणको भरपर्दो विधि फेला परेको छैन ।
बाँदर आतङ्कले हैरान भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले गत फागुन २ गते कृषि सामग्रीसहित विरोध ¥याली प्रदर्शन गरेका थिए । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नगरपालिकासमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥याली प्रदर्शन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार